Section 30
अधिकार प्रत्यायोजन
आयोगले संविधान र यस ऐन बमोजिम आफुलाई प्राप्त अधिकारमध्ये
केही अधिकार अध्यक्ष, सदस्य, आयोगका कुनै अधिकृतस्तरको कर्मचारी, नेपाल सरकारका
कुनै अधिकृत कर्मचारी वा आयोगले गठन गर्ने समिति, कार्यदल वा कुनै निकाय, संघ, संस्था
वा व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछ ।